भोट माग्दै अभिनेता नाजिर हुसेन



प्रकाशित मिति : Dec 07, 2017

काठमाडौं । फिल्म ‘राज्जा रानी’को दोश्रो टिजर सार्वजनिक भएको छ । पौष २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजर आज भैरहेको मतदानलाई लक्षित गर्दै तयार पारिएको छ । फिल्ममा नाजिर ‘राज्जा’ र केकी ‘रानी’को भूमिकामा छिन् ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य नायक नाजिर हुसेनका लागि अर्का कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् । एम के पौडेलको निर्माणमा तयार भएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com