२१ मंसिर २०७४, बिहीबार

नवलपरासी । नेपाली कांगे्रसका समानुपातिक उम्मेदवार एवं उद्योगपति विनोद चौधरीले नवलपरासीको देवचुली नगरपालिका २ स्थित दिव्य युवा समाज भटकको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि चौधरीले अब देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढने प्रतिक्रिया दिएका थिए । अबको ५ वर्ष सम्वृद्धि र विकासका वर्ष भएको भन्दै आफ्नो पार्टीले त्यसै अनुसार काम गर्ने पनि चौधरीले बताएका छन् ।

LIVE TV