

एजेन्सी । अधिकांश महिलाहरुको बिहेपछि पाँच वर्षभित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गरेको तथ्याङ्क छ । यी र यस्ता कारणले महिलाहरुको तौल बढ्ने गरेको तथ्याङक पाईएको छ ।
उमेरको असर
बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।
यौन सन्तुष्टी
अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाई छ ।
निन्द्रा
बैवाहीक सम्बन्धमा जोडीएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।
डाइटमा परिवर्तन
नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैन्न ।
धेरै समय टिभी हेर्नु
लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।