२१ मंसिर २०७४, बिहीबार

 

विराटनगर,२१ मंसिर , मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।

विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित निर्वाचन आयोगका कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ ।

विराटनगरका छवटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदानकेन्द्रबाट छ लाख ४४ हजार ७८२ जना मतदाताले मतदान गर्नेछन् ।

 

LIVE TV