२१ मंसिर २०७४, बिहीबार

मंसिर २१, काठमाण्डौ । वाम गठबन्धनकी साझा उम्मेदवार कञ्चनपुर क्षेत्र नम्बर- १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन्।

पति प्रकाश दाहालको हालै निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन्। नेपाली हिन्दू परम्परामा पतिको निधनपछि एकल महिलाले रातो पहिरन लगाउँदैनन्। विनासंग कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन्।

LIVE TV