२१ मंसिर २०७४, बिहीबार

काठमाण्डौ । ऐतिहासिक संविधानसभाबाट सिर्जित प्रदेश सभाको पहिलो निर्वाचनसहित प्रतिनिधिसभाको निर्वाचन आज पूरा हुँदै प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज भईरहेको छ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र हुनेछन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभामा २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

LIVE TV