२१ मंसिर २०७४, बिहीबार

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनमा सहभागी भएका राजनीतिक दलका शीर्ष नेताहरुले आफनो आफनो जिल्लाको मतदान केन्द्रबाट मतदान गरेका छन् । केही राजनीतिक दलहरुले आफनो गृहजिल्ला भन्दा अन्यत्रबाट  उम्मेद्वारी दिएपछि आफैले आफैलाई धेरै उम्मेद्वरहरुले मतदान गर्न पाएनन् । दोश्रो चरणको निर्वाचनमा सहभागी हाइप्रोफाइल नेता तथा उम्मेदवारहरुले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरि पूर्वप्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर जिल्लाको सूर्य्विनायक नगरपालिका —२ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यता उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुरको वंशगोपाल उच्च मावि चौघडा बाट मतदान गर्नुभएको छ ।

यता पूर्वसभामुख एवं इलाम २ मा वाम गठबन्धनका उम्मेदवार सुवास नेम्वाङले मतदान गर्नुभएको छ । उहाँले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट मतदान गर्नुभएको छ ।  नेकपा (एमाले) का उपाध्यक्ष एवम् अछामबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावलले साँफेबगर नगरपालिका–६, रिठागाउँस्थित चन्द्रोदय आधारभुत विद्यालयबाट मतदान गर्नुभएको छ । यता काठमाडौं क्षेत्र नम्बर ५ को लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका एमाले महासचिव ईश्वर पोखरेलले धापासीमा रहेको स्काइ लार्क इंग्लिस स्कुलबाट मतदान गर्नुभएको छ । एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगर १९ बाट मतदान गुर्नभएको छ । पूर्बगृहमन्त्री एवं सुर्खेत क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि केन्द्र (ख) मेहलकुनाबाट मतदान गर्नुभएको छ ।

बिनाबिभागिय मन्त्री एवं महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्रा.बि.मा मतदान गर्नुभएको छ । त्यसैगरि गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् एमाले नेता प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यता नेपाली कांग्रेसका नेता एवं मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट मतदान गर्नुभएको छ । पाल्पाको क्षेत्र नं. २ बाट एमाले उम्मेदवार सोमप्रसाद पाण्डेले दमकडा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यसैगरि हृदयेश त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजागृति विद्यालयबाट मतदान गुर्नभएको छ ।

LIVE TV