२१ मंसिर २०७४, बिहीबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको शिवनगरस्थित केन्द्रबाट मतदान गर्नुभएको छ । विहानै सात बजेनै मतदान केन्द्र पुग्नुभएका दाहालले अब मुलुक समृद्धितर्फ अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट उम्मेद्वार बन्नु भएका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो मत प्रकट गर्नुभएको छ । उहाँले यो निर्वाचनले मुलुकलाई स्थायीत्व प्रदान गर्ने भन्दै सबैलाई मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले विकास र समृद्धिका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अब विकासतर्फ अघि बढ्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले वाम गठबन्धन स्थायीत्वका लागि प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

LIVE TV