२१ मंसिर २०७४, बिहीबार

काठमाण्डौ । संक्रमणकालको अन्त्य गर्नका लागि सबैभन्दा महत्वपूर्ण मानिएको आम निर्वाचनमा सहभागी हुन मतदाताहरु उत्साहित देखिएका छन् । ७ बजेदेखि सुरु हुने मतदानमा सहभागी हुन बिहानै देखि चिसोमा लाइन लागेर मतदाताहरु मतदान केन्द्र पुगेका छन् ।

अनेकौं आशंका र अन्यौललाई चिर्दै आएको निर्वाचन प्रति दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता प्रतीक्षित छन् । यो उमंगको आगमनको स्वागत गर्न उनीहरुमा जुन उत्साह देखिएको छ , त्यस्ले पनि नेपाली जनता निर्वाचनप्रति कति बढी विश्वास गर्छन भन्ने मापन गर्न गाह«ो पर्दैन पनि ।

४५ जिल्लामा मतदान भएपछि अबको ५ वर्षसम्म देशमा चुनावी भाउँतो सकिने छ र मुलुकले राजनीतिक स्थायित्व पाउने अपेक्षा आम मतदाताहरुको छ । त्यसैले पनि विकासको आश गरेका मतदाताहरु संविधान कार्यान्वयन र आफनो मताधिकारको प्रयोग गर्दै जान्नेलाई छान्ने भन्दै मतदान केन्द्रमा पुगेका छन् ।

LIVE TV