२१ मंसिर २०७४, बिहीबार

मुलुक अब संघीयतासहितको नयाँ युगमा

काठमाण्डौ ।  ऐतिहासिक संविधानसभाबाट सिर्जित प्रदेश सभाको पहिलो निर्वाचनसहित प्रतिनिधिसभाको निर्वाचन आज पूरा हुँदैप्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज हुँदै छ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र हुनेछन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभामा २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

मतदाता परिचयपत्र नभए के गर्ने ?
मतदाता परिचयपत्र नभए पनि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।

मतगणना आजैबाट
आयोगका अनुसार अाजै साँझ ५ बजेपछि मतणना सुरु हुनेछ । पहिलो चरणमा १० मंसिरमा मतदान भएका ३२ जिल्लामा साँझ ५ बजेबाटै गणना सुरु हुनेछ ।

अाज मतदान हुने जिल्लामा मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्यतालिका सार्वजनिक हुनेछ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

 

LIVE TV