२० मंसिर २०७४, बुधबार

प्रतिनिधि र प्रदेशसभाको मतदान हुने समय अब केही घण्टामात्र बाँकी छ । बिहीबारको निर्बाचनका लागि राजधानीका हरेक मतदान केन्द्रहरुमा व्यवस्थापन र तयारी पूरा भएको छ । तयारी पूरा भएसंगै ऐतिहासिक निर्वाचनमा मतदाताहरु भोट हाल्न आतुर छन् ।

file picture

सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र उल्लेख्य मतदाता रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । बुधबार विहानैदेखि हरेक मतदान केन्द्रमा कर्मचारी र सुरक्षा निकायहरु समेत मिलेर मतदाताहरुलाई भोट हाल्न सहज बनाउनका लागि आवश्यक तयारी गरिरहेका देखिन्थे ।
हरेक निर्वाचन क्षेत्रमा मतपत्र वितरण कार्य लगभग सकिएको बताउँदै सुरक्षा प्रबन्धलाई समेत सुदृढ बनाइएको र मतदातालाई ढुक्क भएर मतदान गर्न विभिन्न निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकृतहरुले आग्रह गरेका छन् ।

यता मतदाताहरु पनि निर्वाचनका लागि तम्तयार भएर बसेका छन् । उनीहरु भोट हाल्न आतुर देखिएका छन् । आम मतदाताहरुले यस निर्वाचनलाई ऐतिहासिक पर्वको रुपमा नै लिएका छन । र देशको लागि सच्चा इमान्दार र विकास गर्ने जनप्रतिनिधिको लागि मतदान गर्ने आम मतदाताहरु बताउँछन् ।

१० निर्वाचन क्षेत्र रहेको राजधानीमा १÷१ निर्वाचन अधिकृत सहित ५ हजार ८ सय ४८ कर्मचारी खटिएका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमामतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । आम मतदाताले व्यग्रताका साथ प्रतीक्षा गरेको यस दिनको लागि राजधानीका मतदाता निकै उत्साहित अवस्थामा छन ।

LIVE TV