२० मंसिर २०७४, बुधबार

प्रदीप

बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएठको छ । आयोगले बुधवार विशेष पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रका लागि एकदिन योगदान दिन भन्दै आममतदाताहरुलाई निर्वाचनमा सहभागी हुन अपिल समेत गरेको छ ।

बुधवार आयोग परिसरमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सुरक्षाको व्यवस्था सुदृढ बनाएकाले ढुक्क भएर मतदान स्थलमा जान आग्रह गर्नुभयो । उहाँले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको हक संरक्षण हुने गरि सुरक्षाको व्यवस्था मिलाएकाले राष्ट्रका लागि एक दिन योगदान दिएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त यादवले नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भन्दै निर्वाचनमा होमिन समेत आग्रह गर्नुभयो ।बिहीबार १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

LIVE TV