२० मंसिर २०७४, बुधबार

१. दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह,सुरक्षाको प्रबन्ध पनि सुदृढ ।

२. प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, बिहीबार विहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय ।

३. राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि कम्तिमा दुई महिना लाग्ने, संघीय संसद, प्रदेश संसद सदस्य सम्मिलित निर्वाचन मण्डलद्वारा मतदान हुने व्यवस्था ।

४. मौसम बदली भएपछि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा हल्का वर्षा, निर्वाचनका दिन अधिकांश जिल्लामा बादल लागे पनि पानी नपर्ने अनुमान ।

५. र, आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीपको अन्तिम चरणको पहिलो खेलमा नेपालले आज युएईसंग खेल्दै, खेल दुबै टोलीका लागि प्रतिष्ठाको रुपमा ।

LIVE TV