१९ मंसिर २०७४, मंगलवार

म्यानमारको रोहिङ्ग्या समुदायका मुसलमानहरुको समस्या समाधानको लागि भरपर्दाे उपाय निकाल्न विश्व मानवअधिकारवादी संस्था एम्नेस्टि इन्टरनेसनलले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाले रोहिङ्ग्या मुसलमान जातिकै जातीय सफाया गर्ने प्रयास गरेको आरोप लगाउँदै आएकोमा म्यानम्यारको सैनिकले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

म्यानमारका सैनिकको दमनको कारण म्यानमारको उत्तरी राज्य राखिनबाट ६ लाख २० भन्दा बढी रोहिङ्ग्या मुसलमानहरु म्यानमारबाट भागेर बङ्गलादेश पुगेका छन् ।

मानवअधिकारवादी उक्त समूहका अनुसार अहिले पनि म्यानमारबाट रोहिङ्ग्या मुसलमानहरु भागेर बङ्गलादेशको शरणार्थी स्थलमा पुग्नेक्रम जारी नै रहेको र समाधानको विकल्पमा खासै कुरा हुन नसकेकोले यसका लागि आग्रह गरेको हो ।

LIVE TV