१९ मंसिर २०७४, मंगलवार

झापा । बसको ठक्करबाट मंगलबार झापामा एक बालकको मृत्यु भएको छ ।

पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ख २२४६ नम्बर बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LIVE TV