१९ मंसिर २०७४, मंगलवार

निर्वाचन आगोगले निर्वाचन सकिएलगत्तै सुरु हुने मतगणना कार्यलाई व्यवस्थित बनाउन तारजाली र सीसी क्यामेराको प्रयोग गरिने जनाएको छ । आयोगले मतगणनास्थलमा हुनसक्ने गतिविधिलाई ध्यानमा राख्दै दलका प्रतिनिधिहरुले देख्ने गरि मतगणना गरिएपनि तारजाली भन्दा भित्र आउन नमिल्ने व्यवस्था गरिने जनाएको हो ।

मंगलवार आयोगपरिसरमा आयोजित कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतगणना स्थलमा मतपत्रको सहज पहुँचका कारण विगतमा समस्या उत्पन्न भएकाले अबको मतगणना कार्यमा कडाई गरिने बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधि सभाको मतगणना गर्दा दलका प्रतिनिधिहरु बस्ने स्थान र गणना हुने स्थानकाबीच छेक बारको व्यवस्था गरेरमात्र मत गण्ना गर्ने बताउनुभयो ।

आयुक्त पौडेलले दोश्रो चरणको निर्वाचनको समयसीमा सकिएलगत्तै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना विहीवार साझ ५ बजे वाट नै सुरु हुने जानकारी दिनुभयो । उहाँले र मतगणना सुरु भएको ४ दिन भित्र प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक गर्ने र ८ दिनमा समानुपातिकको मतगणना सार्वजनिक गर्र्न तयारी गरिएको समेत जानकारी दिनुभयो ।

आयोगले राजनीतिक दलहरुलाई मतगणनाको समयमा चित्त बुझदो ढंगले मतगणना नभए निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी गराउन आग्रह गर्दै मतगणनास्थलमा बाधा पार्ने काम नगर्न समेत सबैमा आग्रह गरेको छ ।

LIVE TV