१९ मंसिर २०७४, मंगलवार

काठमाडौं । नायक प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ बैशाख १४ गते रिलिजमा आउने भएपछि अभिनेत्री केकी अधिकारीलाई ठूलो तनावमा थियो । किनभने, उनले पहिलो पटक फिल्म निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’पनि यसै मितिमा रिलिजमा आउँदैछ । तर, ‘लिलिबिली’ चैत ३० मा आउने पक्का भएपछि केकीलाई केही राहत मिलेपनि उनलाई अर्को ठूलो झट्का लागेको छ ।

File Picture

अब बैशाख १४ मा केकीले नेपाली फिल्म स्टारसँग नभएर बलिउडका सुपरस्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्तको फिल्मसँग भिडन्त गर्नुपर्ने भएको छ ।

सबैको लागि प्रतिक्षित फिल्म ‘२.०’ ले अहिले २७ अप्रिल २०१८ ताक्दै प्रदर्शन मिति घोषणा गरेको छ । यही मितिमा नेपाली हलमा केकीको ‘कोहलपुर एक्सप्रेस’ पनि रिलिजमा आउँदैछ । अक्षय र रजनीकान्त लिड नायक भएका कारण ‘२.०’ ले नेपालका अधिकांश मल्टिप्लेक्स हल कब्जा गर्ने पक्का छ ।

केकीले पनि विशेषत मल्टिप्लेक्सका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गरेकी हुन् । केकीको यो फिल्ममा उनीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झाको अभिनय छ । फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

LIVE TV