१९ मंसिर २०७४, मंगलवार

१९ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २१ गते  हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षाको बलियो प्रबन्ध सहित सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गर्दै भने, ‘आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।’सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’

 

आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पनि  बताए ।मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा पुर्‍याउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको र ‘मतगणना छिटोछरितो र भरपर्दो बनाउन सिसिटीभी राख्न  निर्देशन दिएको  बताए ।

 

LIVE TV