१९ मंसिर २०७४, मंगलवार

श्यामसुन्दर कुइँकेल

देश दोस्रो चरणको निर्वाचनको संघारैमा पुगेका बेला धेरै विस्फोट उम्मेदवार लक्षित भएपछि सबैको मनमा एक किसिमको जिज्ञासा पैदा भएको छ । किन चुनावी माहोल झन्–झन् कमजोर, फितलो आतंकित बन्नतिर उन्मुख हुँदै जानथालेको होला ? तर अहिलेसम्म कसैले मुख खोल्न चाहेको छैन कि विप्लवका नाममा यति धेरै घुसपैठ भएका पनि हुनसक्छन् भनेर ।

देशैभरि पड्काउन ल्याइएका विस्फोटक पदार्थ दक्षिणतिरबाट निर्वाध भित्रिरहेको छ र प्रहरीले बम बनाउने पदार्थसहित भारतीयहरू पक्राउ गरिरहेको छ । नेपालमा निर्वाचन भइरहेको छ । प्रभावशाली उम्मेदवार लक्षित विस्फोटन भइरहेका छन् । तर यसको बीचमा भारतीयहरू धमाधम पक्राउ पर्नु कस्तो अचम्मको संयोग ?

राज्यले भारतीयहरू चुनाव भाँड्न अभियानमा कि कहीँबाट सञ्चालित रहेछन् भन्ने केलाइकन सार्वजनिक गर्नुपर्छ कि पर्दैन ? विस्फोटक पदार्थसहित पक्रिएकाहरू विप्लवसँग किन जोडिए, सरकारले खोजी गर्नुपर्ने विषय हो कि होइन ?

LIVE TV