१९ मंसिर २०७४, मंगलवार

प्रदेश नम्बर ७ को अछाममा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन कार्यालय अछामले सबै निर्वाचन केन्द्रमा कर्मचारी पुगिसकेको जानकारी दिएको छ ।

प्रतिनिधिसभाको दुई वटा क्षेत्र रहेको अछाममा ४ वटा प्रदेशसभाको क्षेत्र रहेको छ । कुनै किसिमको घटना हुन नदिन विशेष सुरक्षा अपनाइएको छ । भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सेनाले विशेष गस्ती सुरु गरेको छ । यसैबीच आज मतदाता परिचयपत्र वितरण कार्य समेत सुरु भएको छ । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मतदाताहरुमा उत्साह देखिएको छ । अछाममा १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।

LIVE TV