१९ मंसिर २०७४, मंगलवार

इन्टरनेटमा आजभोली  एक नर्सको तस्वीर  खुबै शेयर भइरहेको छ । ताइवानमा बस्ने यी नर्सको नाम निङ चेन लिन हो । उनी आफ्ना हट सेल्फीका लागि प्रसिद्ध छिन् । पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् । उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरूको लामो लाइन लाग्ने गरेको छ ।

निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ ।निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् ।उनका तस्वीरहरू छिट्टो भाइरल भएर हेर्दाहेर्दै फलोअर्सको संख्या बढ्यो ।

निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो ।यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।

LIVE TV