१९ मंसिर २०७४, मंगलवार

१. मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय सम्पन्न, सोमबार मध्यरातिदेखि निर्वाचनको मौन अवधि सुरु ।

२. दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण सुरु, ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिँदै ।

३. निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई निर्वाचन आयोगको पुनः निर्देशन, उम्मेद्वारहरुको उचित सुरक्षा प्रबन्ध मिलाउन समेत सचेत गराइयो ।

४. आगामी फ्रेब्रअरीमा हुने विन्टर ओलम्पिकमा रुसलाई प्रतिवन्ध लगाउने वा नलगाउनेबारे आइओसीले निर्णय लिंदै, रुसी खेलाडीको डोपिङ प्रकरणको प्रतिवेदनमा अध्ययन गर्ने ।

५. र, यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको मृत्यु, बुधबार रातिदेखि भएको झडपमा परि पूर्व राष्ट्रपति सहित १ सय भन्दा बढी मारिए ।

LIVE TV