१८ मंसिर २०७४, सोमबार

काठमाडौं ।  आठ कम्पनीहरुले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएका छन् । आठ कम्पनीले ६९ करोड ४१ लाख ६४ हजार २०० रुपैयाँ बराबरका ६९ लाख ४१ हजार ६ सय ४२ कित्ता शेयर बोलकबोलमार्फत बिक्रि गर्न लागेका हुन् ।

बिभिन्न ८ बैक तथा बित्तिय सस्था र कम्पनीहरुले बिक्री नभएको हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । एक्सल डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सानिमामाई हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीले बिक्री नभएको हकप्रद लिलाम गर्ने तयारी गरेका हुन ।

आठ कम्पनीले ६९ करोड ४१ लाख ६४ हजार २०० रुपैयाँ बराबरका ६९ लाख ४१ हजार ६ सय ४२ कित्ता शेयर बोलकबोल मार्फत बिक्रि गर्न लागेका छन् । एक सय रुपैयाँ अंकित मूल्यमा लिलाम शुरु हुने शेयरहरु बोलकबोलमा बिक्री हुने छ । आठमध्ये तीन कम्पनीले लिलामीको सुचना निकालेका छन् भने पाँच कम्पनीको बोलाकबोल आबेदन खुला गरिएको कम्पनीले जनाएको छ ।

LIVE TV