१८ मंसिर २०७४, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकमा नेपाल फाइनान्सियल रिर्पो्टिङ स्टान्डर्ड एनएफआरएस) लागु गरेको छ । राष्ट्र बैकले पहिलो चरणमा क बर्गका बाणिज्य बैकहरुमा लागू गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७४ र ७५ देखि ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एनएफआरएस लागु गर्न एनएफआरएस कम्पलाइन वित्तीय विवरण तयार गर्नको लागि राष्ट्र बैंकले समिति गठन गरेको छ । राष्ट्र बैकले संचालक रामजी रेग्मीको संयोजकत्वमा एउटा समिति गठन गरेको छ । राष्ट्र बैंकको संचालक समितिले वाणिज्य बैंकलाई वार्षिक वित्तीय विवरण एनएफआरस बमोजिम तयार गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकबाट लाभांश स्वीकृतिको प्रयोजनको लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था र अन्य व्यवस्थाहरु कायम गरी लेखांकन सम्बन्धी अन्य प्रावधान बमोजिम कायम हुने नियमनकारी नाफा र नोक्सान गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैंकले तयार गरेको एनएफआरएस कम्लाइन्ट वित्तीय विवरण तथा नियमनकारी वित्तीय विवरण बीचको देहाय बमोजिमको फरक रकमलाई स्टेटमेन्ट मार्फत सन्चित मुनाफा तथा खाता खर्च गरी नियमानकारी कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

पहिलो वर्षको एनएफआरएसको वित्तीय विवरण तथा तथा नियमनकारी वित्तीय विवरणको शुरुको मौज्दात बीचको फरक रकम र पहिलो वर्षको एनएफआरएस वित्तीय विवरण बमोजिमको नाफा/नोक्सान तथा नियमनकारी नाफा र नोक्सानको विभिन्न लेखा शीर्षकहरु कर्जा नोक्सानी व्यवस्था, अन्य व्यवस्था, ब्याज आम्दानी आदि बीच फरक भई एनएफआरएस बमोजिमको वित्तीय विवरणको नाफा रकम नियमनकारी नाफा रकम भन्दा बढी भएमा सो बढी रकम व्यवस्था गर्नुपर्ने ब्यवस्था राष्ट्र बैकले गरेको छ ।

एनएफआरएस अन्तर्गत फाइनान्सियल एसेट,तथा इन्भेष्टमेन्ट प्रोपटीलाई फेयर भ्यालुमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैकले जनाएको छ । बैंकबाट प्रकाशित हुने आर्थिक वर्ष २०७४र७५ को चौथो त्रैयमासिक वित्तीय विवरण नियमनकारी प्रावधान तथा एनएफआरएस बमोजिमको दुवै विवरण प्रकाशित गर्नु पर्ने राष्ट्र बैकले उल्लेख गरेको छ ।०००

LIVE TV