१८ मंसिर २०७४, सोमबार
  • रिया भण्डारी

काठमाडौं । निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार लक्षित आक्रमणको घटना बढेपछि अस्पतालहरु पनि तयारी अवस्थामा बस्न थालेका छन् । पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा बम लगायतको आक्रमणमा परि धेरै उम्मेद्वारहरु अस्पताल पुगेका छन् । यही अवस्था र आइपर्न सक्ने भवितव्यलाई ध्यानमा राखेर शिक्षण अस्पतालले विशेष व्यवस्थासहित विशेषज्ञको छुट्टै टोली नै गठन गरेको छ ।

पछिल्लो समय बम आक्रमणका घटना बढ्दै गए पछि र चर्चित उम्मेद्वारहरु समेत घाइते हुने क्रम बढे पछि महाराजगंज शिक्षण अस्पतालले इमर्जेन्सी उपचारको बिशेष प्रबन्ध सहित बिशेषज्ञ चिकित्सकको टोली नै गठन गरेको छ । त्यसो त शिक्षणको आकस्मिक कक्षमा २४ सै घण्टा चिकित्सकको टोली हुन्छन् तर आइपर्न सक्ने यस्ता भवितब्यको लागि पनि चुनाब नसकिन्जेल बिशेषज्ञको छुट्टै टोली गठन गरिएको अस्पतालले जनाएको छ ।

सोमबार चुनावी प्रचारका क्रममा रहेका नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर चारका उम्मेद्वर गगन थापालाई लक्षित गरेर बम विस्फोट गराइयो । विस्फोटमा उनीसहित घाइते भएका एघार जनाको उपचार शिक्षण अस्पतालमा गरियो र भइरहेको पनि छ । जेनरल प्राक्टिसनर तथा प्रसस्त इमरजेन्सी बिज्ञ भएको कारणले पनि एकैचोटी धेरै घाइतेलाइ आकस्मिक उपचार गर्न शिक्षण अस्पतालसंग भैतिक पूर्वाधार पनि छ । त्यहि कारणले पनि घाइतेहरुलाई शिक्षण अस्पताल महाराजगन्ज बढी लगिन्छ । तर अरुबेला त भिड भैरहने इमर्जेन्सीमा भिभिआइपी घाइतेसहित उनीहरुको शुभेच्छुक र कार्यकता आएपछि चिकित्सकलाइ उपचार गर्न कठिन भएको इमर्जेन्सी प्रमुख डा प्रतापनारायण बताउनु हुन्छ ।

अस्पतालमा भीआइपी आए कसरी उपचारको प्रबन्ध मिलाउने भन्ने बारे अस्पताल अलमलमा भने छ । अन्य बिरामीसंगै राख्दा भीआइपीसंग अन्य पनि मान्छे धेरै हुने हुँदा अन्य बिरामीको उपचारमा कठिनाइ परेको देखिन्छ । भीभीआइपी व्यक्ति अस्पतालमा उपचारको लागि आउँदा भीड बढी भएर उपचारमा कठिनाइ पर्ने गरेको भन्दै अस्पतालमा भीड नगरिदिन पनि अस्पतालले सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

 

LIVE TV