१८ मंसिर २०७४, सोमबार
  • लोकेन्द्र खनाल

रुकुम। केहि समय पहिलेसम्म खानेपानीको चरम अभाव भोग्दै आएका पश्चिम रुकुमको मुसिकोट नगरपालिका ११ भलाक्चाबासीको अभाव अब सधैका लागि अन्त्य भएको छ । स्थानीयवासीले गाउँ भन्दा माथि पानीको मुहान नहुँदा र गाउँमा खानेपानीको व्यवस्था नहुँदा बर्षाै देखि समस्या झैल्दै आएका थिए ।

तर गाउँभन्दा साढे तीन सय मिटर तल रहेको पानीको मुहानबाट गाउँमा खानेपानी पुगेपछि उनिहरुमा अहिले खुशीको सीमा नै छैन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँभन्दा तीन सय २० मिटर तल रहेको पानीको मुहानलाई विद्युत उपकरणबाट लिफ्ट गरेर गाउँमा खानेपानी पुगेको छ । पहिले घण्टौं हिडेर एक गाग्री पानीले दैनिकी सञ्चालन गर्दै आएका यहाँका महिलाहरु अहिले भने निकै खुशी भएका छन् ।

केहि वर्ष अघिसम्म घण्टौं हिडेर खोलाको पानी खाना बाध्य भएका स्थानीयहरुमा विभिन्न खालका स्थास्थ्य समस्या पनि आउने गरेको बताएको छ । अब गाउँमै स्वाच्छ खानेपानी पुगेपछि सबै समस्या समधान हुने र आफुहरु निकै खुशी भएको स्थानीयको भनाई छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिजिभन कार्यालयको २ करोड ४४ लाख ३९ हजारको लगानीमा लिफ्टमार्फत खानेपानी गाउँमा पुगेको हो । यहाँ खानेपानीको निकै समस्या भएको आफुलाई जानकारी आएपछि एक घर एक धारा निर्माण गर्ने उद्धेश्यले विद्युतीय उपकरण प्रयोग फम्पीङ गरेर गाउँमा खानीपानी पु¥याएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर विकेश वधानथाछेले बताउनुभयो ।

गाउँमा पानी आएपछि खानेपानी प्रयोग गर्नुका साथै घरमा करेसावारी निर्माण गरेर हरियो तरकारी तथा फलफुल उत्पादनमा पनि बृद्धि गर्ने स्थानीयको योजना छ । पानीले काकाकुल भएको जीवनमा पनि कायापलट हुने अपेक्षा समेत गाउँवासीको छ ।

LIVE TV