१८ मंसिर २०७४, सोमबार

काठमाडौँ । बामगठबन्धनले नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापामाथि भएको बम आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनले थापा र अन्य घाईते नेता कार्यकर्ताको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

चुनाव प्रचारप्रसार समिती संयोजक धर्मभत्त देवकोटा र संसयोजक सुन्दर पुर्कुटीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘आज बुढानिलकण्ठ २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रम गरिरहेका गगन थापा र केही कार्यकर्ता आक्रमणमा परी घाईते भएकोमा हामी दुखी भएका छौ, हामी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछौ साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ’ ।

विज्ञप्ती

LIVE TV