१८ मंसिर २०७४, सोमबार
  • प्रदीप राज दाहाल

काठमाडौं। अल्ट्रा धाविका मीरा राईले हङकङमा आयोजित एमएसआईजी लान्ताउ ५० किमी एसियन स्काई रनिङ च्याम्पियनशीप’ को उपाधि जितेकी छिन् । हङकङमा सम्पन्न दौडमा प्रतिष्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै राईले उपाधि जितेकी हुन् ।

फेसबुकबाट साभार

 

तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए र त्यसमा मीरा सातौंमा रहिन् ।

महिलातर्फ भने ३८ धाविका दौडिएका थिए । नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै भएको एमएसआईजी एचके ५० साइकुङ एसिया स्काई रनिङ च्याम्पियनशीपमा सफलता हासिल गरेकी थिइन् ।

LIVE TV