१८ मंसिर २०७४, सोमबार

पोखरा । आज बिहान तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । पक्राउमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ हुन् ।

प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व संयुक्त टोलीको निरन्तर निगरानीमा  उनीहरुलाई पक्राउ गरिएको बताए  ।

युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान उनीहरुको साथबाट प्रहरीले बरामद गरेको हो ।

 

LIVE TV