१७ मंसिर २०७४, आईतवार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ। नेपाली सुगम संगीतमा छुट्टै पहिचान बनाएका सुप्रसिद्ध युवा गायक सुनिल गिरिको ‘तिम्रो आखैमा खेलुकी तिम्रो रुपैमा भुलुकी…..’ बोलको नयाँ गितको भिडियो आइतबार म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

अहिले सुनिल गिरिका फ्यानको सङ्ख्या दिन प्रतिदिन उल्लेख रूपमा बढिरहेको छ। सुनिल गिरिले आफ्नो सुमधुर स्वरले, गितले आम दर्शकहरुलाई आफू तिर तानिरहेका छ्न ।गिरि नेपाली युवाहरु भन्दा पनि युवतीहरु माझ ज्यादै नै लोकप्रिय भएका छ्न ।

केही समय पहिले सुनिलले बजारमा ल्याएको गित र गितको भिडियो ‘कस्तो यो मनले’ धेरै नै वाहवाही पाएका थिए ।
यो कुरा उनले सनिवार फेसबुकमा लाईभ आउदा उनलाई आएका कमेन्टले दर्साइ रहेको थियोे ।

बुद्ध योन्जनको शब्दमा रहेको ‘तिम्रो आखैमा खेलुकी, तिम्रो रुपैमा भुलुकी…..’ बोलको गितलाई युवागायक सुनिल गिरिले आफै स्वर भरेका छन् भने गितमा कर्णप्रिय संगीत समेत दिएका छन् ।

सार्वजनिक भएको म्युजिक भिडियोलाई भुवन स्यान्बो तामाङले निर्देशन गरेका छन् । भिडियोलाई अनिल मान्धरले छायांकन गरेका हुन भने भिडियोमा नयन डिसि, मनिषा र साईनाको जबर्जस्त केमियो रहेको छ ।

उमंग म्युजिक प्राईभेट लिमिटेडले भिडियोलाई बजारमा ल्याएको हो ।सुनिलका अरु गितझै यो गितले चर्चा पाउने हो कि होईन? त्यो अबको केही सातामा थाहा पाईने नै छ ।हाम्रो मिडियाको तर्फबाट सुनिल गिरिको यो गितको सफलताको शुभकामना छ।

LIVE TV