१७ मंसिर २०७४, आईतवार

कैलाली। कैलालीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा कांग्रेसकै बहुमत आउने बताएका  छन् ।
आईतबार कैलालीमा भएको साक्षात्कारमा बोल्दै देउवाले यस्तो दाबी गरेका हुन् ।

अबको निर्वाचनमा कांग्रेस पार्टीले बहुमत ल्याउँने र बामपन्थीहरुलाई जनताले भोट नहाल्ने बताए। निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने भन्दै देउवाले अहिलेको संविधान धेरै राम्रो भएको पनि जनाए ।

संविधानकार्यान्वयनगर्ने कुरा महत्वपूर्ण भएकाले २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायीरुपमा गण्तन्त्र कार्यान्वयन भएर जाने र भोटहालेपछिपनि चुनाव सारेको सपना देख्नेहरु रहेको भन्दै उनले एमाले अध्यक्ष केपीशर्मा ओलीप्रति व्यंग्य गरेका हुन् ।

आफ्नो जित सुनिश्चि भैसकेको दाबी गर्दै देउवाले भने,‘अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु ।’ उनले निर्वाचनमा आम मतदाता तथा उम्मेद्धवारहरुलाई सुरक्षा दिन सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै सुरक्षाको पूर्ण प्रत्याभुति भइरहेको दावी पनि गरे ।

LIVE TV