१७ मंसिर २०७४, आईतवार

चितवन। माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई बाँदरमुढे घटनाका पीडितले भव्य स्वागत गरेका छन् । चण्डलाई  आज चुनावी अभियान अन्तर्गत चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित स्वागत गरेको हो ।

माओवादी केन्द्र र पीड़ितहरूबीच तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ । प्रतिवद्धता पत्रमा मृतकका आश्रित परिवारको अवस्था हेरी रोजगार र जीवनवृतिको व्यवथा, घाइतेको अवस्था हेरी उपचार तथा जीवनवृतिको व्यवस्था र बाँदरमुडे घटनास्थलमा मृतकहरुको सम्झनामा १० विगा जग्गामा स्मारक बनाउने रहेको छ ।

चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रचण्ड बाँदरमुडेमा भव्य स्वागत भएपछि उत्साहित देखिएका छन् । तर पीडित एक, दुई परिवारले भने त्यो जनयुद्धको घाउ अहिले सम्म बिर्सन सकेको छैन।

LIVE TV