१७ मंसिर २०७४, आईतवार

सप्तरी। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि बम प्रहर भएको थियो। यादवलाई लक्षित गरी बम प्रहार गराउने व्यक्तिलाई उनले चिनेको बताए। तर  अहिले उनि त्यो व्यक्तिको नाम सार्वजनिक नगर्ने जनाए।

राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेको राजेन्द्र महतोको धनुषाको फूलगामास्थित चुनावी सभामा सहभागी भएर राजविराजतर्फ फर्किने क्रममा अध्यक्ष यादवलाई लक्षित गरेर बम प्रहार गरिएको थियो ।

‘बम कसले राखेको भन्ने थाहा छ’ अध्यक्ष यादवले भने, ‘शंका, उप शंका मात्रै होइन, बिष्फोट गराउने मान्छेलाई चिन्छु । चुनावपछि नाम सार्वजनिक गर्छु ।’

राजेन्द्र महतोको चुनावी सभामा नजान धेरै नै रोक्ने प्रयास भएको थियो ।  फोनबाट  र प्रत्यक्ष रुपमा सभामा नजान धेरै प्रयास गरिएका अध्यक्ष यादवले बताए।

LIVE TV