१७ मंसिर २०७४, आईतवार

तारा आचार्य

मोरङ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामलामा कसैको पनि हस्तक्षेप स्वीकार गर्न नसकिने भएकाले आन्तरिक मामलामा हात नहाल्न सम्बन्धित मुलुकलाई सचेत गराउनु भएको छ ।

आइतवार विराटनगरको पुष्पलाल चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल सानै भएपनि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक भएको सबैले हेक्का राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय एकता र स्वाधीनता बारे कसैसंग सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्र जात र थरका आधार बन्न नसक्ने जिकिर गर्दै नेपाल बहुराष्ट्रिय मुलुक हुनै नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुक विखण्डन गर्नुपर्ने भन्ने संग लोकतान्त्रिक गठबन्धन गर्नेहरुले मुलुकको रक्षा गर्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले आफुहरुले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक बनेका संसदीय संरचना परिवर्तन गर्न दुई तिहाई मत खोजेको जानकारी दिनुभयो ।

LIVE TV