१७ मंसिर २०७४, आईतवार

युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग एक दिवसीय अभ्यास खेल आज खेल्दै छ । विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो ।

यसअघि शुक्रवार अमेरिकासँग पहिलो अभ्यास खेल खेलेको नेपालले ५ विकेटको पराजय बेहोरेको थियो । पहिलो अभ्यास खेलमा केही नयाँ खेलाडीलाई मौका दिँदै ब्याटिङ अर्डर पनि परिवर्तन गरेको नेपालले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना छ । आजको खेलमा पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने सम्भावना रहेकाले नेपाली टीमको कप्तानी शरद भेषावकरले गर्नेछन् । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्शीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।

प्रतियोगिता अन्तर्गत गएको चैतमा कीर्तिपुरमा केन्यासँग भएका दुईमध्ये नेपाल एक खेलमा विजयी भएको थियो । नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसँग आउँदो वुधबार र शुक्रबार खेल्दैछ । सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।

LIVE TV