१७ मंसिर २०७४, आईतवार

प्रदीप
निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वार र राजनीतिक दललाई लक्षित गरेर आक्रमण गर्ने क्रम रोकिएको छैन । बिहान रक्षा मन्त्रीको पुरानो रक्षामन्त्री भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ ।

मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहानै देखि स्थाीयत त्रसित भएका थिए । तर, बम भेटिएको खबर पाएसँगै नेपाली सेनाले आइतबार बिहान बम डिस्पोज गरेको छ । मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् । सुरक्षा सुदृढ पारिएको भनेर निर्वाचन आयोग र गृहमन्त्रालयले जनाएपनि बम भेटिरहँदा आम मतदाताहरु त्रसित बनेका छन् ।

LIVE TV