१७ मंसिर २०७४, आईतवार

प्रदीप

काठमाण्डौ । निर्वाचन नजिकिँदै जाँदा भारसँग सीमा जोडिएका जिल्लाहरुमा बम बनाउने विस्फोटक पदार्थहरु धमाधम बरामद हुन थालेपछि सीमा सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचनलाई लक्षित गरि सुरक्षा गस्तीहरु जिल्लामा केन्द्रीत भएपनि सीमा सुरक्षा फितलो हुँदा बम बनाउने सामग्रीहरु ठूलो परिमाणमा भित्रिन थालेसँगै सीमाको सुरक्षा बढाइएको हो ।

चुनावविरोधी गतिविधिमा भारतबाट ल्याइएको विस्फोटक पदार्थ प्रयोग भएको भन्दै यस्तो कडाइ गरिएको हो । शनिवारमात्रै रुपन्देहीमा । २ सय ५० थान डेटोनेटर फेला परेको हो । १८ सि–एमको ठूलो परिमाणमा विद्युतीय डेटोनेटर बरामद गरिएको हो । यता, काठमाडौं भित्रिँदै गरेको बम बनाउने सामग्री बरामद भएपछि सबै सुरक्षा सं्रयन्त्रको आँखा सीमातर्फ तेर्सिएपछि सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती समेत सुरु गरेका छन् ।

निर्वाचनलाई मध्येनजर गर्दै मतदानको ७२ घण्टा अघि नै सीमा बन्द गर्ने मंसिर ५ गते नै सहमति भइसके पनि सीमामा सुरक्षा फितलो भएको जनगुनासो बढेसँगै गृहमन्त्रालयले सीमा क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको जनाएको छ ।

LIVE TV