१७ मंसिर २०७४, आईतवार

इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र चेल्सीले जित निकालेका छन् । म्यान्चेस्टर युनाइटेडका जेस्सी र चेल्सीका लागि इडेन चम्कँदा युनाईटेड र चेल्सीले जित निकाल्न सफल भएको हो ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरेका थिए । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । यता चेल्सीले न्यूकासल युनाइटेडमाथि ३–१ को प्रभावशाली जित हासिल गरेको छ । खेलको १२ औँ मिनेटमा ड्वाइट गेलले गोल गर्दै अग्रता न्युकासल युनाइटेडका लागि दिलाएका थिए । तर इडेन हाजार्ड खेलको २१ औँ चेल्सीका लागि बराबरी गोल फर्काए । त्यस्तै अल्भारो मोराटाले ३३ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ अग्रता बनाए ।

खेलको ७४औँ मिनेटमा पाएको पेनाल्टीलाई इडेन हाजार्डले सजिलै गोलमा परिणत गर्दै चेल्सीलाई ३–१ को जित दिलाए । लिभपूलको लागि रोबर्टो फर्मिनोले दुई गोल गर्दा फिलिप कौटिन्हो र एम्रे च्यानले एक–एक गोल गरे । ब्राईटनका लेविस डङ्कले एक आत्मघाती गोल गरेका थिए । प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा बर्नमाउथ र साउथह्याम्पटन भिड्नेछन् ।

LIVE TV