१६ मंसिर २०७४, शनिबार

नयाँ दिल्ली । भारतीय चर्चित कमेडि कलाकार कपिल शर्मा अभिनित दोस्रो चलचित्र फिरंगी हिजो शुक्रबारबाट रिलिज भएका  छन् । राजीन ढिंगरा निर्देशित चलचित्रमा कपिलका साथ इशिता दत्त र मोनिका गिलको अभिनय समेत देख्न पाइन्छ ।

कपिलले २०१५मा चलचित्र किस किसको प्यार करु अभिनय गरेको  थियो । उनको डेब्यु चलचित्र दर्शकले मन पराए, भने किस किसको प्यार करुले बक्स अफिसमा राम्रो कमाइ समेत गर्न सफल रहेका थिए । यो फिरंगी चलचित्र पनि कपिल शर्माले नै निर्माण गरेका हुन् ।

कपिल शर्माको अभिनय राम्रो नभएको हिन्दी दैनिक जागर मिडियाले जनाएको छ । फिरंगीलाई औसत चलचित्र भन्दै यो मिडियाले एक खेलाडीको कमजोर खेलसँग तुलना गरेको छ ।

अंग्रेजी अनलाईन टाइम्स अफ इन्डियाले पनि कपिलले आफ्नो ट्यालेन्ट चलचित्रमा देखाउन नसकेको बताएको छ । चलचित्र लामो समेत भएको उल्लेख गर्दै यो मिडियाले यसको प्लट लगान जस्तो रहेको उल्लेख गरेको छ । 

LIVE TV