१६ मंसिर २०७४, शनिबार
  • दान बहादुर बुढा

मुगु ।  मुगुमा जाडो बढेसंगै जिल्लाभर भाईरल ज्वरो बढेको छ । भाइरल ज्वरोका कारण १० भन्दा बढीको ज्यान गएको छ । जिल्लाका सबै जसो गाउँ बस्तिमा फैलिएको रुगा, खोकी, निमोनियाँ र भाईरल ज्वरोका कारण बालबालिका र बृद्ध बृद्धा प्रभावित भएका छन् ।

भाइरल ज्वरो बढ्दै जाँदा मुगुको दुर्घम गाउँमा मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । चिसोका कारण कैयौं विरामी परेका छन् । भाइरल ज्वरोले छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका स्थानीय थप पीडित भएका छन् ।  एक साता यता गाउँमा निमोनियाँ र ज्वरोका कारण एक जना पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र एक जना ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्ता यता पाँच जनाको मृत्यु भएको स्थानीय धिरेन्द्र भामले जानकारी दिनुभयो । यता खत्याड गाउँपालिकाका सबै गाउँ बस्तिहरुमा रुगा खोकि, निमोनियाँ र ज्वरोको प्रकोप फैलिएको तथा सबै भन्दा बढि बालबालिका र बृद्ध बृद्धा प्रभावित भएको स्थानीयवासी विर्खबहादुर थापाले जानकारी दिनुभयो ।

रुगा, खोकी र ज्वरोका कारण शुक्रवारसम्म आधा दर्जन बढिको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । एक साताभरमा रिगा गाउ“का ६५ बर्षिय बिउरासर पाण्डे, ४४ बर्षिय बिष्णु जैसी र ७५ बर्षिय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउ“की ५५ बर्षिय पूर्बा कार्कीको मृत्यु भएको छ ।

कडा ज्वरो आउने, टाउको दुख्ने, घा“टी पाक्ने, पेट दुख्ने रिङगटा लाग्ने बान्ता आउने आ“खा दुब्ने खाना खान मन नलाग्ने जस्ता लक्षण देखा पर्ने शरिर कमजोर हुदै जा“दा औषधि उपचार नभएर मृत्यु हुने गरेको स्थानीयको भनाई छ । गम्था, रिघा, रातापानी, कोटडाडा, श्रीकोट लगायत बस्तीहरुमा ब्यापक भाइरल ज्वरो फैलिएको छ । चिसो बढदै जा“दा झन भाइरल ज्वरोका बिरामी बढेको हो ।

LIVE TV