
कपिलवस्तु। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरेर अगाडि बढ्न सक्ने बताए ।
भारतसँग वाम गठबन्धनको सरकारले असल सम्वन्ध स्थापित गरी देशको दिगो विकास गर्न सक्ने उनको भनाई छ ।मायादेवी गाउँपालिकाको पकडीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
वाम गठबन्धनको सरकार आए देशमा अधिनायकवाद आउँछ भन्नु कांग्रेसको पराजित मानसिकताको पराकाष्ठा भएको उनले बताए।