१६ मंसिर २०७४, शनिबार
  • सरिना मरासिनी

बुटवल । बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा बन्दै गरेको डिपार्टमेन्ट को पर्खाल भत्कदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पर्खाल भत्कँदा डिपार्टमेन्टमै मजदुरी गरिरहेका भारत विहारका भिकारि महतोको मृत्यु भएको जनइएको छ ।

पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्केको स्थानीयले बताएका छन् । रुपन्देही प्रहरीले डिपार्टमेन्टको पर्खाल भत्कदा भीम नारायण चौधरी र वुद्धीराम चौरधी घाईते भएका छन् ।

त्यसैगरि घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यलय रामनगर रुपन्देहीका प्रहरी निरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारि दिनुभएको थियो ।

LIVE TV