१६ मंसिर २०७४, शनिबार

बर्दिया। बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उपाध्यक्ष एवम् उम्मेदवार बामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेको  छ। प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले एक साक्षात्कारमा आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको बताए ।

उनले भने,‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो । बाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।’
माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको समेत उनले जनाए।

बामदेवले एकता भन्ने कुरा आफूलाइ राम्रोसँग थाहा भएको जिकिर गर्दै थपे,‘ मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ ।’ उनले नेपाल अब साम्यवादको बाटोमा गएको बताए ।

 

LIVE TV