१६ मंसिर २०७४, शनिबार

रेशम चाैधरी। फाइल तस्विर

कैलाली— कैलालीको क्षेत्र नम्बर १ मा सबै उम्मेदवारले समाजिक सद्भावलाई मुख्य ऐजेण्डा बनाएका छन। फरार सुचिमा रहेका कैलाली क्षेत्र नम्बर १ मा राजपावाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रेशम चौधरीलेसमाजिक सद्भावका लागि मत मागिरहेका छन्। उनले भाषण गरेको भिडियो रेकर्ड ल्यापटपबाट ठाउँठाउँमा सुनाएर प्रचार प्रसार तीब्र पारेका छन्।

उनी २०७२ भदौमा कैलालीमामा एक नाबालक र एससपीसहित सात सुरक्षाकर्मी हत्याका फरार अभियुक्त हुन्।,समाचार नागरिक दैनिक बाट लियिएको हो ।

कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने चुनावी मैदानमा छन्। बाम गठबन्धनबाट एमालेका गरिमा शाह भिड्दै छन। न्यौपाने र शाहबीच कडा प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा रेशम चौधरीले टक्कर दिने विश्लेषण गरिँदैछ।

‘मैले जितेमा समाजिक सद्भाव कायम गर्ने मेरो प्राथमिकतामा हुने छ’ नेपाली काग्रेसका उम्मेदवार न्यौपानेले बताइ्न्। यसका अलावा खानेपानी, सडक, खग्रौला नाकाको स्तरोन्नती लगायतका बिकासका मुद्दा उनले अघि सारेकी छन। यसैगरी एमालेका उम्मेदवार गरिमा शाहले भाईभाई मिलेर रहेको समाजमा पहिलेको जस्तै समाजिक सद्भाव कायम गर्ने अाफ्ने प्रमुख एजेण्डा भएको बताइ्न्। रेशम चौधरीले पनि आफूले मात्र समाजिक सद्भाव स्थापित गर्ने बताएका छन। ‘दुई वर्षदेखि बिग्रेको समाजिक सद्भाव मैले मात्र गराउन सक्छु’उनले भने। काँग्रेस र एमालेका उम्मेदवारले घरदैलो लगायतका प्रचार प्रसार तीव्र पारेका छन्। चौधरी फरार रहेकाले उनका समर्थक युवाहरु चुनाबी प्रचारमा छन्।

युवाहरुको समुहले टोल टोलमा पुगेर रेशमले भाषण गरेको अडियो, भिडियो सुनाउने गरेका छन्। थारु मतदाताको बाहुल्यता रहेको कैलाली क्षेत्र नम्बर १ मा उनले भिडियो र अडियोमार्फत भावनात्मक रुपमा थारु मतदाताको मन जित्ने प्रयास गरेका हुन्।

फरार सूचीमा रहेका रेशमको भिडियोबाट भइरहेछ प्रचार

युवाहरुको समुहले टोल टोलमा पुगेर रेशमले भाषण गरेको अडियो, भिडियो सुनाउने गरेका छन्। थारु मतदाताको बाहुल्यता रहेको कैलाली क्षेत्र नम्बर १ मा उनले भिडियो र अडियोमार्फत भावनात्मक रुपमा थारु मतदाताको मन जित्ने प्रयास गरेका हुन्। भिडियोमार्फत आफूले प्रचार गरेको र मतदाताको राम्रो समर्थन पाएको रेशम चौधरीले बताए।

‘तपाई थारु दाजुभाई बहिनीहरुको अधिकारका लागि लडेकोले नै मेरो सम्पत्ति जल्यो, घरपरिवार छोडेर लुकेर बस्नु परेको छ’, थारु भाषामा रहेको भिडियो र अडियोमा उनले भनेका छन्। थारुहरुका अधिकार लागि आफ्नो जीवन सुम्पेको उनले भनेका छन्। ‘हामी युवाहरुले रेशमको भाषण गरेको भिडियो ठाउँ ठाउँमा लगेर प्रचार गरिरहेका छौं’रेशमको प्रचार रहेका युवा काशीराम चौधरी भन्छन्। गत असारमा देउवा सरकारले हत्या आरोपी चौधरीलाई एक करोड ७४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

LIVE TV