१६ मंसिर २०७४, शनिबार

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक बम पड्किएको छ ।
शुक्रबार राति करिव साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन ।विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी थापाले बताए । शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ ।

अपरिचित समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।

LIVE TV