१५ मंसिर २०७४, शुक्रबार

एजेन्सी । विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन्। उनि  बुबा, आमा र भाइका साथ प्रधानमन्त्री मोदीलाई भेटन गएकी हुन्।

२० वर्षीय सुन्दरी मानुषीले प्रधानमन्त्री मोदीलाई  आज भन्दा नभेटेको कुरा उनले गरेको  ट्वीटबाट थाहा पाउन सकिन्छ। उनले ट्वीटमा “प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कुराले उत्साहित छु । यो मेरा लागि प्रेरणाको स्रोत हो, जसलाइ मैले आजसम्म भेटेको छैन ।’

प्रधानमन्त्री नरेन्द्र मोदी  मानुषी छिल्लर सुन्दरी बनेकोमा खुसी व्यक्त गरिए। छिल्लर प्रधानमन्त्री भेटमा एकदमै खुसी देखिन्थिन ।

मानुषी विश्व सुन्दरीको ताज पहिरिने छैठौ भारतीय सुन्दरी हुन् । उनले १६ वर्षपछि भारतलाई ताज दिलाउन सफल भएकी थिइन् । सन २००० मा पि्रयंका चोपडाले ताज हात पारेकी थिइन् ।

उक्त  भेटघाटको अवसरमा उनलाई सोधिएको थियो तपाइको जितले आम भारतिय युवतिलाई कसरी नयाँ जीवन दिन्छ ? उत्तरमा  उनले भनिन् ‘कुनै पनि समुदायका मान्छेले जव राम्रो काम गर्छन् युवतिको जीवनस्तर त्यसपछि फेरिन्छ ।’

 

 

LIVE TV