१५ मंसिर २०७४, शुक्रबार
  • रिया भण्डारी

काठमाडौं । पछिल्लो समय तरकारी तथा घाँसमा समेत बिषादीको प्रयोग हुँदा गाइभैसीमा समेत बाँझोपन बढेको छ । बाँझोपनको समस्या भैंसीमा भन्दा गाईमा बढी देखा परेको पशु बिशेषज्ञको भनाइ छ ।

बाँझोपन गराउन सहयोग गर्ने अवस्था विषादी प्रयोग भएका सागसब्जीको बोक्रा, बोट खुवाउनु, छिटो बढ्ने जातको घाँस लगाउँदा विषादी र रासायनिक मलको प्रयोग बढी हुनु, गाइभैसीमाको स्वास्थ्यमा ध्यान नदिनुजस्ता कारणले समस्या देखिने गरेको बिशेषज्ञ बताउछन् ।

दुई, चार बेत ब्याएका र एकपटक पनि नब्याएका गाईभैँसीमा दीर्घकालीन बाँझोपन देखिने गरेको छ । पछिल्लो समय गाईभैँसीलाई विषादीको प्रयोग भएका तरकारीका बोट, त्यस्ता तरकारीका बोक्रा, घाँस, दानालगायत खान दिने गर्दा पनि गाइभैसी थारो बस्न थालेका हुन् ।

आफूले पालेको पशुको स्वास्थ्यका विषयमा पशु धनीले समयमा ध्यान दिनु पर्ने पशु बिशेषज्ञको सुझाव छ । दूधालु गाइभैँसीमध्ये बीस प्रतिशतभन्दा बढीमा बाँझोपनको समस्या रहेको छ । व्यवसायिक रुपमा दूधालु गाईभैँसी पालेर आर्थिक आम्दानी गर्दै आएका किसानहरु एक दुइ बेत ब्याएका गाइभैसी थारो बस्न थाले पछि चिन्तित बनेका छन् ।

LIVE TV