१५ मंसिर २०७४, शुक्रबार

बिनय तिम्सीना

इलाम । सुरक्षाका दृष्टिले देशकै सुरक्षित मानिएको इलाममा पूर्व सभामुख तथा नेकपा एमालेका उपनेता सुवास नेम्वाङ भने सुरक्षा नपुगेको भन्दै काठमाण्डौ फर्कनु भएको छ । इलाम निर्वाचन क्षेत्र नम्वर दुइबाट उम्मेद्ववारी मनोनयन गर्दा गराएर प्रचारप्रसारमा खट्दै गरेको अवस्थामा उहाँ एक्कासि काठमाण्डौ फर्कनु भएको हो ।

पूर्व सभामुख नेम्वाङ काठमाण्डौ फर्केपछि जिल्ला सुरक्षा समितका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेलसंग नेम्वाङको सुरक्षा अवस्थाबारे बुझ्दा जिल्लामा सुरक्षा चुनौती नरहेको र नेम्वाङलाई आएको सुरक्षा थ्रेटबारे आफु अनभिज्ञ रहेको बताउनु भयो ।

इलाममा कुनै पनि उम्मेद्वारलाई सुरक्षाको कमी नरहेको र प्रशासनले सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता समेत पोख्रेलले व्यक्त गर्नुभयो । त्यस्तै इलामका प्रहरी प्रमुख विपिनकुमार कर्मचार्यलाई बुझ्दा उहाँले आफुलाई यस विषयले आश्चर्यमा पारेको बताउनुभयो । इलाममा जोकहीको सुरक्षामा कमी नभएको र अव पनि इलाममा सुरक्षाको कमी हुन नदिने कर्मचार्यको भनाई छ ।

निर्वाचन गतिविधि गर्नसक्ने भन्दै नेपाल प्रहरीले इलामबाट विप्लव समुहका १३ जना कार्यकर्ता पक्राउ गरेको छ । अन्य निर्वाचन विथोल्न खोज्नेहरुको समेत खोजीकार्यलार्य तीव्रता दिएको प्रहरीको भनाई छ ।

LIVE TV