
कैलाली। कैलाली क्षेत्र नं ५ का बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवार नारदमुनि राना हुन् । रानाको प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणासँग हुदैछ ।
प्रतिस्पर्धी उम्मेदवारहरु आरजुु र रानावीच ‘को टुरिष्ट र को स्थानीय’ भन्नेमा सवालजवाफ नै हुन थालेका छन् । तर, रानाले आफुले आरजुलाई टुरिष्ट नभनेको र जनताले नै आरजुलाई टुरिष्ट भन्ने गरेको उनि बताउछन्। जनताले बोलेको शव्द आफुले सापटी लिएकोरानाले बताए ।
रानाले भने ‘म आरजुलाई यति मतले भनेर गन्दैन तर, धेरै मत अन्तरले हराउँछु । आफुले घरदैलो गरेर धेरै ठाउँमा पुगिसकेको र जनताले आफूलाई नै मत दिने विश्वास दिलाएको उनको भनाइ छ।