१५ मंसिर २०७४, शुक्रबार

बसन्त

निर्वाचन आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गर्नु आचार संहिता विपरित रहेको भन्दै आयोगको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहिताको ठाडो उल्लंघन भएको बताउनु भयो ।

शुक्रबार ताप्लेजुङका सञ्चारकर्मीसंग कुराकानी गर्दै आयुक्त दाहालले यस अघि पनि सरकारले गरेको आचार संहिता विपरीतका निर्णय सच्याउन आग्रह गरेको बताउँदै निर्वाचन प्रभाव पर्ने निर्णय गरे सरकारलाई पनि पुनः स्पष्टीकरण सोधिने प्रष्ट पार्नुभयो । उहाँले पुर्वमा दलहरु र उम्मेदवारले आचारसंहित विवरीत गरेका कार्यमा स्पष्टीकरण सोध्ने देखि लिएर आचारसंहित विपरित टाँगिएका र राखिएका पर्चा पम्पप्लेट हटाउने कार्यमा पनि आयोग सक्रिय रहेको जिकिर गर्नुभयो ।

आयुक्त दाहालले २१ गते साँझ पाँच बजे देखिनै सबै स्थानमा मतगणाना हुने र क्रमस थोरै मतदाता भएका जिल्लाबाट मत गणनाको परिणाम आउन सुरु गर्ने बताउनुभयो । दोस्रो चरणमा निर्वाचन हुन लागेको मेचीका ईलाम र झापाको निर्वाचन पुर्वको तयारी र आचार संहिताको पालानाका विषयमा अनुगमन गर्न पुर्व आउनुभएका दाहाल पहिलो चरणमा निर्वाचन सम्पन्न भएका पाँचथर र ताप्लेजुङको मतपेटिकाको सुरक्षाका विषयमा अनुगमन गर्न ताप्लेजुङ पुग्नु भएको हो ।

LIVE TV